दक्षिण कोरिया १२ जुलाई २०२५
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने निश्चित भएको अध्यक्ष बिनोद सौदेनले बताउनु भयो ।
याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रमको प्रशिक्षक किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिम तुम् सिक्सामा लिङदेन कल्पना पन्धाक र अतिथि प्रशिक्षक सिक्किम अल्पाइन यूनिभर्सीटी, सिक्किमका प्रोफेसर मनिहाङ मुरीङला सुब्बा रहने छन ।
गत साल १२औ कार्यसमिति द्धारा सिरिजंगा लिपि (लिम्बू भाषा याक्थुङ आ:नि पान हु-सिङ) “हाम्रो लिपि हराए हाम्रो भाषा हराउछ, भाषा हराए हाम्रो अस्तित्व हराउछ, अस्तित्व हराए हाम्रो पहिचान हराउछ, पहिचान हराए हामी हराउछौ” हाम्रो भाषा लिपि हामी पनि सिकौ, भावी सन्तति र अरु लाई पनि सिकाऊ भन्ने उदेश्यका साथ प्रशिक्षण पहिलो चरण साधारण र दोस्रो चरण बिशेष कक्षाहरु अनलाईन मार्फत सम्पन्न भएको थियो ।
यसपाली २ महिने बिशेष कक्षाहरु प्रत्येक हप्ताको शनिबार २०२५ अगष्ट ०२,०९,१६,२३,३० र सेप्टेम्बर ०६,१३,२०,२७ तारिक सम्म कोरियन समय बेलूकी ०८ बजे देखि १० बजे सम्म नेपाली समय बेलुका ०४:४५ देखि ०६:४५ बजे सम्म संचालन हुने कार्यक्रम संयोजक बिरेन लिङदेनले जानकारी दिनु भयो ।
प्रशिक्षणमा सहभागि हुनको लागि Google Meet माध्यमबाट विश्वको जुनसुकै स्थानबाट पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।


