Advertisement Ad

Advertisement Ad

लिम्बू चलचित्र ‘चे’ले ‘स्पेसल फिल्म अवार्ड – २०८१’ जित्यो

३१ असार २०८२, काठमाडौँ। लिम्बु चलचित्र ‘चे’ ले ‘विशेष चलचित्र पुरस्कार – २०८१’ बाट सम्मान प्राप्त गरेको छ।

सोमबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शीर्षकमा सम्मान वितरण गरेका हुन् । लासको कथा रहेको चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथामाथि निर्माण भएको हो ।

आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथा रहेको चलचित्र चे ले यस अघि पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, याक्थुङ सिने अवार्ड – २०८१, FLF अवार्ड – २०२४, बिराट म्युजिक फिल्म अवार्ड – ८१ मा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ |

आधुनिक विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा देखाइएको चलचित्र ‘चे’लाइ सागर केरुङले लेखन/निर्देशन गरेका हुन् | राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान – २०८२ का लागि मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’तर्फ ‘छक्का पञ्जा ५’बाट कलाकार दीपकराज गिरीले उत्कृष्ट लेखन/पटकथाको सम्मान पाए ।

छायाकार पुरुषोत्तम प्रधानले ‘पिताम्बर’बाट उत्कृष्ट छायांकनको सम्मान पाउँदा भरत रेग्मीले ‘पुजार सार्की’बाट उत्कृष्ट सम्पादनको सम्मान पाए । त्यस्तै, ‘खुस्मा’बाट उपासनासिंह ठकुरी उत्कृष्ट अभिनेत्री घोषित हुँदा उत्कृष्ट अभिनेताको सम्मान विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’बाट प्राप्त गरे ।
चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई कार्यक्रममा दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरिएको छ । कार्यक्रममा फिल्म क्षेत्रमा विशेष योगदान दिने १० व्यक्तित्वलाई ‘विशेष योगदान सम्मान’ (२०८१) प्रदान गरिएको छ । कलाकार प्रेम सुब्बा, पार्श्व गायिका देविका बन्दना, छायाकार दीर्घ गुरुङ, निर्देशक/कलाकार अनुप बराल, प्राविधिक परशुराम चौधरी, कलाकार सुरक्षा पन्त, प्रदर्शक/वितरक नकिम उद्दिन, कलाकार उत्तम केसी, कलाकार अञ्जु रञ्जितकार र कलाकार निखिल उप्रेतीलाई यो सम्मान प्रदान गरियो ।