Advertisement Ad

Advertisement Ad

सेप्टी ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा बेहोस भएकामध्ये एकको मृत्यु

 

३२ असार २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, घुर्विसे पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीको सटिङ खोल्ने क्रममा बेहोस भएकामध्ये एकको मृत्यु भएको छ।

बुधवार दिउँसो सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका  थिए। बेहोस हुनेमध्ये ३५ वर्षीय रतन चेम्जोङको मृत्यु भएको हो। उपचारको लागि इलाम अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरू बेहोस भएका बताइएको छ। बेहोस भएका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। ३० वर्षीय सन्तोष चेम्जोङको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

सेप्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका उनीहरुलाई स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर उद्धार गरिएको थियो । चारै जना फाल्गुनन्द गाउँपालिका–५ निवासी हुन्।

घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवन निर्माणको क्रममा घटेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।