२ साउन २०८२, यूएइ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको युएइमा पहिलो क्षेत्रिय समिति गठन भएको छ।
१२ जुलाई २०२५ शनिबारका दिन शारजाहमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन भएको हो। किरात याक्थुङ चुम्लुङ यूएइका केन्द्रीय अध्यक्ष कमल लावतीको प्रमुख आतिथ्यता तथा नेपाल आदिवासी जनजाती महासंघ यूएइका अध्यक्ष एवम् कियाचु यूएइका सल्लाहकार बिक्रम पन्धाक मिसामको बिशेष आतिथ्यतामा समिति गठन भएको हो।
खड्ग सिंजाङ्गो लाजेसाको अध्यक्षतामा शारजाह क्षेत्रिय समिति गठन भएको हो। नव गठित समितिको उपाध्यक्ष जगत बहादुर सिंजाङ्गो, बिषाम पन्धाक, महासचिव झुमा कन्दङ्वा, सचिव अर्जुन चेम्जोङ, कोषाध्यक्ष सुनिता बखिम र सह कोषाध्यक्ष अन्जना हेम्ब्या चयन भएका छन्। सदस्यमा चन्द्र आङदेम्बे, सुरेन्द्र थेबे, कबिता लिम्बू र कमला लिम्बू चयन भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि लावती र विशेष अतिथि पन्धाकसँगै किरात याक्थुङ चुम्लुङ यूएइ केन्द्रीय समितिको तर्फबाट बरिष्ठ उपाध्यक्ष पोबो थेबे सेमी लगायतले नव गठित शारजाह क्षेत्रिय कार्यसमितिलाई बधाई एवम् शुभकामना दिएका किरात याक्थुङ चुम्लुङ यूएइका प्रवक्ता भुमी इधिङ्गो लिम्बू यम्भामीले बताइन्।
