Advertisement Ad

Advertisement Ad

नयाँ पुस्तालाई मुन्धुमको महत्व बुझाउनुपर्नेमा जोड

१ भदौ २०८२, काठमाडौं। याक्थुङ नेम्बाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै विज्ञहरुले मुन्धुमबारे वर्तमान पुस्तामा जागरण फैलाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मुन्धुममा थेबा माङको सान्दर्भिकताबारे विज्ञहरुले धारणा राखेका थिए । सो क्रममा उनीहरुले मुन्धुमको महत्वबारे प्रकाश पार्दै यसको संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाई समेत संलग्न गराउनुपर्ने बताए ।

मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकूलपति बैरागी काइँलाले थेबा माङलाई मुन्धुमको ज्ञान र संस्कारसँग जोडिएको मूल आधारका रूपमा व्याख्या गरे । उनले यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको समेत बताए । कार्यक्रममा बोल्दै अमर तुम्याहाङ, येहाङ लाओती, अर्जुन नुगो, नवीन लिङदेन र मुन्धुम लिम्बुले मुन्धुमबारे जागरण फैलाउनुपर्नेमा जोड दिए ।

यस प्रकारका कार्यक्रमले मुन्धुमबारे सरोकारवाला बिच साझा दृष्टिकोण बनाउन मद्धत गर्ने अपेक्षा लिइएको आयोजक याक्थुङ नेम्वाङ समाजले जनाएको छ ।