Advertisement Ad

Advertisement Ad

लोकसेवा तथा स्वदेशमै स्वरोजगार सम्बन्धी उत्प्रेरणा कार्यक्रम सम्पन्न

१७ कार्तिक २०८२, पाँचथर। सदरमुकाम फिदिममा सोमबार लोकसेवा आयोग तथा स्वदेशमै स्वरोजगार सम्बन्धी एक दिवशीय उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ प्रवास शाखा जापानको आयोजना तथा जिल्ला कार्य समिति पाँचथरको व्यवस्थापनमा फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो ।

लोकसेवा आयोगको परीक्षामा सफल हुन के–कस्तो तयारी आवस्यक छ र स्वदेशमै कसरी स्व–रोजगार बन्न सकिन्छ ? भन्ने विषयमा विद्यार्थीहरुलाई उत्प्रेरित गर्न आयोजना गरिएको कार्यक्रममा फिदिमस्थित फिदिम मावि, गढी मावि र सुखबोध माविमा अध्ययनरत ५० जनाभन्दा बढी विद्यार्थीहरुलाई सहभागि गराइएको थियो।

कार्यक्रममा शिक्षा सेवा आयोगको तयारी तथा स्वदेशमै रोजगारीको सम्भावनाबारे प्राज्ञ हरि चन्द्र लाओती, लोकसेवा आयोगको तयारी कसरी गर्ने ? शीर्षकमा अधिकृत उमेश नेम्बाङ, निजामती क्षेत्रमा लिम्बू समुदायको उपस्थिति र सहभागिताबारे फालेलुङ गाउँपालिका पाँचथरका प्रमुख प्रशासकीय अधिकृत सुमन योङया र बैंकिङ कसुर र यसबाट बच्ने उपायबारे स्वलम्बन लघुवित्त वित्तिय संस्थाका फिदिम शाखा प्रबन्धक सूर्य योङहाङले सहजीकरण गरेका थिए।

कियाचु पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य दीलेन्द्र कुरुम्बाङ, कियाचु संघीय सदस्य लक्ष्मण लाओती, लिम्बू साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ लगायतको उपस्थिति रहेको कार्यक्रम किरात याक्थुङ चुम्लुङका संघीय महासचिव नीरन्ति तुम्बापोको प्रमुख अतिथ्यता तथा किरात याक्थुङ चुम्लुङ जापानका उपमहासचिव एवम् उत्प्रेरणा कार्यक्रमको संयोजक सुजन आङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रममा सहभागि भएर आफूहरुले महत्वपूर्ण शिक्षा प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।