Advertisement Ad

Advertisement Ad

नेकपा पाँचथरबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा नेता हर्क नेम्बाङ मिक्सो सिफारिस

८ पुष २०८२, पाँचथर। नेपाली कम्युनिस्ट पार्टी पाँचथरले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरबाट नेता हर्क बहादुर नेम्बाङ मिक्सोको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट पार्टीले साबिक नेकपा (माओवादी केन्द्र)को कोशी प्रदेश कमिटी अध्यक्ष रहेका नेम्बाङको नाम एकल रुपमा सिफारिस गरेको हो। नेकपाको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य उम्मेद्वारको रुपमा नेम्बाङको नाम सिफारिस गर्ने निर्णय गरेको नेकपा पाँचथरका अध्यक्ष विशाल रसाइलीले बताए।

पाँचथरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा नेपाल एकता पक्षधर नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा गोलबद्ध भएका छन्। उम्मेद्वार सिफारिस भएसँगै अब चुनावको तयारीमा जुट्ने पार्टीले जनाएको छ।

बेदागी नेताको पहिचान बनाएका नेम्बाङ जिल्लामा लोकप्रिय नेताको रुपमा लिने गरिन्छ। नेम्बाङ पहिलोपल्ट संघीय सांसदको रुपमा उम्मेद्वार बन्न लागेका हुन्।