Advertisement Ad

पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म

Advertisement Ad

३ पुस, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका -७, रानिटारमा आयोजना हुँदै आएको ‘फिदिम नगरकप’ को पाँचौ सँस्करण पुस १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

मंगलबार फिदिम स्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको विषययमा जानकारी गराइएको हो । प्रतियोगितामा आयोजक क्लब सहित ८ टिमको सहभागिता रहने छ । सहभागी ५ क्लबको टुङगो लागे पनि ३ क्लबको टुङगो लाग्न बाँकी रहेको आयोजक स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरूङले जानकारि दिए । योङ ब्वाई फुटबल क्लब ईलाम,रेडस्टार फुटवल क्लब बिर्तामोड झापा, पाँचथर फुटबल क्लब पाँचथर, आयोजक स्वतन्त्र क्लब र तुकैनी स्पोर्ट्स  क्लब झापाको टुङगो लागेको गुरुङले जानकारी दिए । बाँकी ३ क्लबको टुङगो भोली सम्ममा लाग्ने बताइएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० प्राप्त गर्ने र उपविजेता टिमले ९२ हजार प्राप्त अध्यक्ष गुरूङले जानकारि दिए । रानिटारको बराजु रङशालामा सञ्चालन हुने प्रतियोगितामा करिब १० लाख खर्च हुने गुरूङले जानकारि दिए । प्रतियोगिको प्रबद्धकको रूपमा फिदिम नगरपालिका रहेको छ । प्रतियोगिताको सहआयोजक रानिटार युनाईटेड र त्रिबेणी क्लब रहेका छन ।

प्रतियाेगिताका सम्पुर्ण खेलहरुकाे प्रत्यक्ष प्रसारण गाेल नेपाल डट कमबाट हुने आयोजक समितिले जनाएको छ ।