Advertisement Ad

पाँचथर फुटवल क्लवलाई फिदिम नगरकपको उपाधी

Advertisement Ad

१८ पुस २०८०, पाँचथर। पाँचौं संस्करणको फिदिम नगरकप फुटवल प्रतियोगिताको उपाधी पाँचथर फुटवल क्लवले उचालेको छ।

फिदिम–७, रानीटारस्थित बराजु रङ्गशालामा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाको शनिश्चरे फुटवल क्लवलाई १–० ले स्तब्ध पार्दै पाँचथर फुटवल क्वलले उपाधी चुमेको हो। खेलको दोस्रो हाफमा पारश कार्कीले गरेको गोल नै निर्णायक बन्यो। पाँचथरलाई जीत दिलाउने पारश खेलको म्यान अफ् दि म्याच बने।

जीतसँगै पाँचथर फुटवल क्लवले नगद १ लाख ८० हजार रुपैंयाँ प्राप्त गर्यो। उपविजेतामा सिमित बनेको शनिश्चरे फुटवल क्लव झापाले नगद ९२ हजार रुपैंयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी पाँचथर फुटवल क्लवका जमिन लक्सम र उत्कृष्ट गोलकिपर मिराक खजुम त्यस्तै होइस्कोररको पुरस्कार शनिश्चरे फुटवल क्लव झापाका प्रदीप बुढाथोकीले प्राप्त गरे।

पाँचथर फुटवल क्लवले स्थापनाको छोंटो समयमै उहिलो उपाधी जितेको हो। यसअघि उसले आफ्नै आयोजनाको प्रथम किरात गोल्डकप र ताप्लेजुङमा आयोजित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप खेलेको थियो। टोलीले दुबै प्रतियोगितामा सेमीफाइनसम्मको यात्रा तय गरेको थियो।