Advertisement Ad

Advertisement Ad

फिदिम नगरकपः उपाधीका लागि पाँचथर र झापा भिंड्ने

रामप्रसाद बाँस्कोटा

१७ पुस २०८०, पाँचथर। फिदिम–७, रानीटारस्थित बराजु रङ्गशालामा जारी पाँचौं संस्करणको फिदिम नगरकप फुटवल प्रतियोगिताको उपाधीका लागि पाँचथर फुटवल क्लव र झापाको शनिश्चरे फुटवल क्लवबीच प्रतिश्पर्धा हुने भएको छ।

आज (मंगलबार) सम्पन्न पहिलो सेमीफाइन खेलमा आयोजक स्वतन्त्र क्लवलाई ३–२ गोलले रोक्दै झापाको शनिश्चरे फुटवल क्लवले फाइनल यात्रा तय गरेको हो। मंगलबारै सम्पन्न प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा झापाकै तुर्केनी फुटवल क्लवलाई ५–३ गोलले स्तब्ध पार्दै पाँचथर फुटवल क्लवले उपाधी भिंडन्तका लागि शनिश्चरे झापासँगको भेट पक्का गरेको हो।

प्रतियोगिताको उपाधी भिंडन्त बुधबार हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ८० हजार रुपैंयाँ र उपविजेता हुने टोलीले नगद ९२ हजार रुपैंयाँ प्राप्त गर्ने आयोजक स्वतन्त्र क्लवका अध्यक्ष बल बहादुर गुरुङले बताए।