Advertisement Ad

चौंथो पाँचथर गोल्डकपः सहभागि टिमको टुङ्गो लाग्यो

Advertisement Ad

१ फागुन २०८०, पाँचथर। फागुन १२ गतेदेखि १९ गतेसम्मा सञ्चालन हुने चौथों संस्करणको पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा सहभागि टिमहरुको टुङ्गो लागेको छ।

आयोजक पाँचथर क्लवले आज (मंगलबार) फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागि टिमबारे जानकारी दिएका हो। चौंथो संस्करणको पाँचथर गोल्डकपको उपाधिका लागि आयोजक पाँचथर क्लवसँगै त्रिभुवन आर्मी क्लव काठमाडौ, हिल्स फुटवल एकेडेमी भारत, राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही, पथरी ११ फुटवल क्लव मोरङ, झापा ११, नमोबुद्ध फुटवल क्लव सप्तरी र रेडहर्स फुटवल क्लव इलामले प्रतिश्पर्धा गर्ने आयोजकले जनाएको छ।

सदरमुकामस्थित फिदिम खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछन्। हरेक खेलको म्यान अफ् दि म्याचलाई ५ हजार रुपैंयाँ र सुटआउट हिरो एक जनालाई २ हजार ५ सय रुपैंयाँ प्रदान गरिने आयोजक पाँचथर क्लवका सचिव योगराज सेढाइले बताए।

त्यस्तै प्रतियोगिताको बेष्ट कोच, हाई स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर र बेष्ट मिडफिल्डरलाई जनही १० हजार रुपैंयाँ, राइजिङ प्लेयर र म्यान अफ् दि टुर्नामेन्टलाई जनही १५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने बताइएको छ। प्रतियोगिता सम्पन्न गर्न ९५ लाख रुपैंयाँ लागत अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष निशान शिवाकोटीले बताए।