१६ वैशाख २०८१, काठमाडौँ। गायक, गीतकार तथा संगीतकार युवेश सुहाङ आफ्नो पहिलो सांगीतिक कोसेली ‘मायालु’ लिएर दर्शक, श्रोतामाँझ आएका छन्।
युवेशकै स्वर, शब्द र संगीत रहेको उक्त गीतको भिडियो उनले हालै आफ्नै युट्युब च्यानल ‘युवेश सुहाङ’ मार्फत् सार्वजनिक गरेका हुन्। भिडयोमा युवेश र तारा लिङदेनले अभिनय गरेका छन्।
युवेश र रन्जित तामाङको परिकल्पनामा तयार पारिएको भिडियोको छायाङ्कन धिरेन तुम्बापोले गरेका छन् भने सम्पादन चित्र मिडियाको रहेको छ।
भिडियोः