Advertisement Ad

याक्थुङ मुन्चइत् चोक् यसङको चौंथो महाधिवेशन सम्पन्न

Advertisement Ad

६ असार २०८१, काठमाडौँ। याक्थुङ (लिम्बू) चलचित्रकर्मीहरुको संस्था याक्थुङ मन्चइत् चोक सयङको चौंथो राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ।

काठमाडौँ चुम्लुङहिममा सम्पन्न महाधिवेशनको बन्द शत्रले सागर केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बबिता फोम्बो, पूर्ण सेलिङ, महासचिव रुपा आङबुहाङ, सचिव दिनेश माङमु, लोकेन साँबा र केषाध्यक्ष हाङ चेम्जोङ निर्वाचित भएका छन्।

सदस्यमा दिनेश लिङदेन, रुद्र पाहिम, मोनि ताम्लिङ, लक्ष्मी योङहाङ, नरेश वनेम, सन्देश सुब्बा, मनु थक्लुङ, शैलेन्द्र थेबे, तुलशा लिम्बू, पर्शु लिम्बू, बिपना आङबुहाङ, अमर तुम्बापो, कृष्ण थलङ र याम नेयोङ निर्वाचित भएका निर्वाचन मण्डल संयोजक वशन्ता सुब्बाले बताइन्।

संघको निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ रहेका छन्। अधिवेशनले सात सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ। सल्लाहकारमा नवीन सुब्बा, किसोर सुब्बा, प्रेम सुब्बा, मौसम इम्बुङ, सागर सुब्बा, यासेली योङहाङ र सृजना सुब्बा रहेका छन्।