Advertisement Ad

Advertisement Ad

ज्ञानमाया स्मृति फुटवल प्रतियोगिता सम्पन्न

६ कार्तिक २०८०, पाँचथर। फिदिम नपा–१०, याङनामस्थित थाङनापामा आयोजित ज्ञानमाया स्मृति नकआउट खुला पूरुष फुटवल प्रतियोगिता सोमबार सम्पन्न भएको छ।

प्रतियोगिताको उपाधी वरकतेम्बे समाज फिदिम–१०, ले उचालेको छ। खुङ्खोला महिला कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित तेम्दा? मेलासँगै सञ्चालन गरिएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा वाईसीएल नेपाल पाँचथरलाई पराजीत गर्दै वरकतेम्बेले उपाधी उचालेको हो।

जितसँगै वरकतेम्बे समाजले नगद ६० हजार रुपैंयाँ प्राप्त गरेको छ। उपविजेता भएको वाईसीएर नेपाल पाँचथरले नगद ४० हजार रुपैंयाँ पाएको आयोजक संस्थाले जनाएको छ।