Advertisement Ad

फिदिम–८, रानीटारलाई तरुण गोल्डकपको उपाधी

Advertisement Ad

१५ कार्तिक २०८०, पाँचथर। छैटौं संस्करणको तरुण गोल्डकपको उपाधी फिदिम–८, रानीटारले उचालेको छ।

सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा फिदिम–१ विरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै फिदिम–८ ले उपाधी कब्जा गरेको हो। रानीटारलाई जीत दिलाउन निर्धारित समयको अन्त्यतिर अर्जुन गुरुङले गोल गरे। अर्जुनको गोलको मद्धतले नै रानीटार प्रतियोगिताको च्याप्पियन बन्यो।

बिजेता बनेको रानीटारले नगद ५१ हजार १७१ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपबिजेतामा सिमित बन्न पुगेको फिदिम–१ ले नगद ३५ हजार १७१ रुपैंयाँमा चित्त बुझाउनु पर्यो। फिदिमका अतीत आङबो प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने। फिदिमकै सुरेशजंग क्षेत्री उत्कृष्ट डिफेन्डर र सञ्जिव नेम्बाङ उत्कृष्ट फरवार्ड बने। रानीटारका सुरेश गुरुङ उत्कृष्ट गोलरक्षक बने।

रानीटारका नवराज गुरुङ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा ४ गोल गरे। विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि, नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्र कुमार केरुङले पुरस्कार वितरण गरेको आयोजक नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए।