Advertisement Ad

Advertisement Ad

सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण पुष ८ गते हुने

२८ मंसिर २०८०, पाँचथर। फिदिम–४ गढीमा बर्षेनी हुँदै आएको सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण आगामी पुष ८ गते हुने भएको छ।

यस बर्ष पनि चासोक मेलासँगै म्याराथुनको आयोजना गर्न लागिएको आयोजक संस्था सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा विकास प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। म्याराथुनको दूरी ९ किलोमिटरको हुनेछ।

धावकले गढीस्थित सुम्हात्लुङ मन्दिरबाट पाँचथर बहुमुखी क्याम्पस, आहालगैरी, जोरसाल, पल्लोटार नयाँ वसपार्क, कालुराम ग्यारेज, शनिबारे, हुलाकलाईन, वेल्फेयर भएर सुम्हात्लुङ मन्दिर आइपुग्नुपर्नेछ।

म्याराथुनको प्रथमले नगद ३० हजार रुपैंयाँ, द्धितीयले नगद २० हजार रुपैंयाँ र त्रितीयले नगद १५ हजार रुपैंयाँ प्राप्त गर्ने आयोजक संस्थाका सचिव कमल लाओतीले बताए।

तस्विरः फायल फोटो