Advertisement Ad

Advertisement Ad

च्याङथापुमा फुटबल प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुँदै

इवारा जबेगु लिम्बू

१४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ।

आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते हुने आयोजक स्वर्गिक मार्ग संघ नेपाल, याङवरक–१ च्याङथापुले जनाएको छ। पुरुष फुटबलतर्फको बिजेताले १ लाख ७५ हजार रुपैंयाँ नगद, ८२ हजार रुपैंयाँ बराबरको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपबिजेताले १ लाख रुपैंयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै महिलातर्फको बिजेताहुने टिमले १ लाख रुपैंयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ५० हजार रुपैंयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

केशरसिंह र मनु राईको स्मृति रनिङ कप उहाँका छेरा–बुहारी र छोरिहरुले प्रायोजन गरेको आयोजकले जनाएको छ।