Advertisement Ad

खड्ग कुमार नेम्बाङ स्मृति व्याडमिन्टनको उपाधि तेह्रथुमका दिनेश र देबेन्द्रलाई

Advertisement Ad

७ साउन २०८०, पाँचथर । खड्ग कुमार नेम्बाङ स्मृति व्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुमका दिनेश कन्दङवा र देबेन्द्र उप्रेतीको जोडिले जितेका छन् ।

सदरमुकाम फिदिममा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाँचथरका प्रवीणहाङ योङहाङ र उमेश श्रेष्ठको जोडिलाई पराजीत गर्दै दिनेश र देबेन्द्रले उपाधी उचालेका हुन् । उनीहरुले नगद १५ हजार रुपैंयाँ, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपबिजेता बनेका प्रवीणहाङ र उमेशको जोडिले नगद १० हजार रुपैंयाँ, मडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका बिजेता खेलाडिलाई फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले पुरस्कार वितरण गरेका थिए । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पाँचथर र तेह्रथुमको ४४ टिमा सहभागिता रहेको थियो । प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघ पाँचथरको आयोजनामा सम्पन्न भएको हो ।