Advertisement Ad

गजल

Advertisement Ad

 

– किरण लिम्बु

अरुण रुँदा हेंवा तमोर, निराशामा परिरहेका छन्,
पहाडका जन अचेल, तराईतिर झरिरहेका छन् ।

आफ्नो भूगोल बिर्सिएर, सपना फुल्ने मनहरु,
किन आज बिरानो ठाउँमा, बसाँइ सरिरहेका छन् ।

नेपाल आमा रोइरहेछिन्, तन्नेरी पाखुराहरु विदेशमा,
आज स्वदेशमा, हजारौं सम्भावनारू मरिरहेका छन् ।

समथर भू–भाग भरिएका छन्, कङ्क्रिडको जंगलले,
दीनदुःखीहरु भीरपहरामा, दुःखको खेती गरिरहेका छन् ।

परदेशबाट पसिनाले साटेर, पठाएको रेमिट्यान्सले,
देश चलाउने ठालुहरुले, आफ्नो खल्ती भरिरहेका छन् ।

चैनपुर–१, पोक्लाबुङ, संखुवासभा