२ वैशाख २०८१, सुनसरी। साहित्यकार सगुन सुसारालाई स्वर्णिम साहित्य पुरस्कार–२०८१ प्रदान गरिने भएको छ।
स्वर्णिम साहित्य समाज, बराहक्षेत्र, सुनसरीले प्रदान गर्ने ५० हजार १५१ रुपैंयाँ राशीको उक्त पुरस्कार यस वर्ष पाँचथरका कवि सुसारालाई प्रदान गरिने समाजले जनाएको छ। उत्तरवर्ती सोच साहित्यिक आन्दोलनका प्रवर्तकमध्येका एक सुसाराको श्रद्धाको फूल (कथा सङ्ग्रह), फाङफुनको कायाकल्प (कविता सङ्ग्रह), मलाई माया गर्ने मान्छे (गजल संग्रह), मिथक बिम्ब र प्रतीक (तांका सङ्ग्रह) गरी आठ वटा कृति प्रकाशित छन्।
त्यस्तै समाजले स्वर्णिम साहित्य सम्मान–२०८२ बाट बहारक्षेत्र सुनसरीका अग्रज साहित्यकार मान बज्राचार्यलाई सम्मानित गर्ने भएको छ। सम्मानको राशी ११ हजार १ रुपैंयाँ रहेको स्वर्णिम साहित्य समाजका प्रकाश दिप्साली राईले बताए।
