Advertisement Ad

सुनिल निर्दोषी पारघरीको शब्दमा पूर्वेली लोक गीत धनकुटा छथर … (भिडियो सहित)

Advertisement Ad

८ वैशाख २०८२, धनकुटा। गीतकार तथा सामाजिक, साँस्कृतिक अभियन्ता सुनिल निर्दोषी पारघरीको शब्दमा धनकुटा छथर … बोलको पूर्वेली लोक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा इन्द्र सुशील लिम्बूको संगीत तथा इन्द्र सुशील लिम्बू र मन्मा बी राईको स्वर रहेको छ। राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको गीतको भिडियो हालै सिमिक्लुङ दर्पण युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो।

सुरज लिम्बूको निर्देशन र डीबी लिम्बूको छायाङ्कन रहेको भिडियोमा इन्द्र सुशील र राज कुमारी याक्खाले मोडलिङ गरेका छन्। कोरसमा हिले डान्स सेन्टरका कलाकारहरुलाई देख्न सकिन्छ।

भिडियो हेर्नुहोसः