Advertisement Ad

याक्थुङ मुन्चइत चोक सयङ पाँचथरमा फुङ्सो

Advertisement Ad

१३ बैशाख २०८२, पाँचथर। याक्थुङ मुन्चइत चोक सयङ पाँचथरको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।

फिदिम फाल्गुनन्द चोकस्थित चुम्लुङहिम परिषरमा सम्पन्न अधिवेशनले फुङ्सो जबेगुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भूपेन योङहाङ, सचिव रजनी हाङसरुम्बा, सहसचिव बुद्ध केरुङ कोषाध्यक्ष अमृता जबेगु निर्वाचित भएन भएका छन्।

त्यस्तै सदस्यमा निशाम तुम्बापो, उत्तम योङहाङ, सुयोन आङदेम्बे, विवेक हाङसरुम्बा, मनेन्द्र केरुङ समीर जबेगु निर्वाचित भएका छन्।अधिवेशनले मधु केरुङ,नरेन्द्रराज केरुङ, बुद्धराज लिम्बू सुरेन शिशिर केरुङ सदस्य रहेको सल्लाकार समिति पनि गठन गरेको छ।

नव निर्वाचित कार्य समितिलाई अधिवेशनका प्रमुख अतिथि, याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङ, किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ, पूर्व अध्यक्ष बुद्धराज लिम्बूले बधाई तथा शुभकामना दिएका थिए।

अधिवेशन याक्थुङ मुन्चइत चोक सयङ पाँचथरका निवर्तमान अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो।