१८ असार २०८१, पाँचथर। जिल्लाका स्थानीय तहहरुमध्ये आर्थिक वर्ष २०८०÷८१ को वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा फिदिम नगरपालिकाले प्रथम स्थान हाँसिल गरेको छ।
वित्तिय अनुशासन, जवाहदेहिता, योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको पारदर्शी उपयोगजस्ता सूचकहरूमा आधारमा गरिएको मूल्याङ्कनमा एक सय पूर्णाङ्कमा ९० प्रतिशत अंक प्राप्त गर्दै फिदिम नगरपालिका प्रथम भएको हो।
जिल्ला समन्वय समिति यो मूल्याङ्कन गरेको हो। उक्त मूल्याङ्कनमा प्रथम हुने फिदिम नगरपालिकालाई सम्मानित गरिएको छ। प्रदेशसभा सदस्य इन्द्र बहादुर आङ्बो (मौसम) र जिल्ला समन्वय समिति पाँचथरका प्रमख रामराज आङदेम्बेलाई उत्कृष्टको प्रमाण–पत्र फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लाई प्रदान गरेका थिए।
नगरपालिका परिवारको सामुहिक प्रयासबाट यो सफलता प्राप्त भएको भन्दै नगर प्रमुख काफ्लेलाई निष्ठाका साथ काममा खट्ने जनप्रतिनिधि, कर्मचारी साथै निरन्तर निगरानी सहित सल्लाह, सुझाव दिने नगरवासीलाई धन्यवाद व्यक्त गरेका छन्।