Advertisement Ad

Advertisement Ad

वाईसिएल पाँचथरको एक वर्षे वृक्षरोपण अभियान वि.पि. सामुदायिक वन फिदिम बाट सुरु

२० असार, २०८२ पाँचथर । योङ कम्युनिष्ट लिग (वाईसिएल) पाँचथरले एक वर्षे वृक्षरोपण अभियान अघि सारेको छ ।

एक वर्ष भरिमा पाँचथरको विभिन्न क्षेत्रमा ५ हजार बोटविरुवा रोप्न लागिएको वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले बताए । उक्त अभियान शुक्रवार फिदिम १ स्थित वि.पि. सामुदायिक वनमा वृक्षरोपण गरि उद्घाटन गरिएको छ ।

वृक्षरोपण कार्यक्रममा १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा भौतिक पुर्वाधार योजना मन्त्री इन्द्र बहादुर आङबो, नेकपा माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क वहादुर नेम्वाङ मिक्सो, नेकपा माओवादी केन्द्र पाँचथर इन्चार्ज सिता थेवे, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण लगायतको उपस्थिति रहेको थियो ।

 

शुक्रवार सम्पन्न वृक्षरोपणमा करिव २ सय विरुवा रोपिएको वाईसिएल पाँचथरले जनाएको छ । जल्दो जलवायु प्रदुषणको संरक्षणका लागि वृक्षरोपणको अभियान अघि सारिएको वाईसिएल पाँचथर अध्यक्ष तुम्रोकले बताए ।