Advertisement Ad

Advertisement Ad

सुम्हात्लुङ टाइम्सको दोस्रो वार्षिकोत्सव सम्पन्न, विशेषाङ्क लोकार्पण, पुरस्कार वितरण

१ साउन २०८२, पाँचथर। माङ्गेन्ना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको दोस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ।

वार्षिकोत्सवको अवसरमा फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंंघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘सुम्हात्लुङ टाइम्स विशेषाङ्क’को लोकार्पण गरिएको छ। विशेषाङ्कको कार्यक्रमका प्रमुख अतिथि, फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले र अन्य अतिथिहरुले लोकार्पण गरेका थिए। विशेषाङ्कमा विभिन्न विषयका लेखरचना समावेश छन्।

सो अवसरमा सुम्हात्लुङ टाइम्सका संवाददाता जिपी अधिकारीलाई ‘सुम्हात्लुङ टाइम्स अनलाइन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको थियो। सम्मानपत्र सहित पाँच हजार रुपैंयाँ राशीको पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो। उनलाई कार्यक्रमका प्रमुख अतिथि काफ्लेले दोसल्ला ओढाएर सम्मान पत्र साथै माङ्गेन्ना मिडिया प्रा.लि.का अध्यक्ष सन्देश सुब्बाले नगद प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि काफ्लेले समाज र राष्ट्रको उन्नतिका लागि पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै नागरिकलाई सु–सूचित गर्न सुम्हात्लुङ टाइम्सले अग्रणी भूमिका निर्वाह गरेको बताए। कार्यक्रममा प्रमुख अतिथि काफ्लेसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, पाँचथर अध्यक्ष भीम कुमार बाँस्कोटा, फोनिज प्रदेश अध्यक्ष विजयबोध लाओती, याक्थुङ लेखक संघका केन्द्रीय महासचिव मधुराज केरुङ, किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ, फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावा, पत्रकार लक्ष्मी गौतम र गिरीराज बाँस्कोटा लगायतले शुभकामना दिएका थिए।

पाँचथरको फिदिमबाट सञ्चालित अनलाइन सञ्चार माध्यम सुम्हात्लुङ टाइम्सले अनलाइन पोर्टल, अफिसियल युट्युव च्यानल र फेसबुक पेज मार्फत् सञ्चार समग्री उत्पादन तथा प्रशारण गर्दै आएको प्रवन्ध निर्देशक अर्जुन तुम्बापोले बताए।

कार्यक्रम माङ्गेन्ना मिडिया प्रा.लि.का अध्यक्ष तथा सुम्हात्लुङ टाइम्सका सञ्चालक सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको व्यवस्थापक रजनी हाङसरुम्बाले बताइन्।