Advertisement Ad

Advertisement Ad

किरात राई यायोक्खा जेजूदो शाखामा पुन: अध्यक्ष पदमा कोपिल राई निर्वाचित ।

दक्षिण कोरिया १२ अगाष्ट २०२५ 

किरात राई यायोक्खा जेजूदो शाखा, दक्षिण कोरियाको ऐतिहासिक दोस्रो अधिवेशन ०९ अगष्ट  २०२५ शनिबार सम्पन्न भएको छ ।

“नौ लाख किराती हामी सन्तान !  भेष भुषा, भाषा, धर्म र संस्कृतिको जगेर्ना हाम्रो अभियान !!” नाराका साथ जेजूदोमा २०२४  जनवरी ७  तारिक कोपिल राईको अध्यक्षतामा स्थापना भएको संस्था पुन: अध्यक्ष पदमा कोपिल राई निर्वाचित भए संगै बरिष्ठ उपाध्यक्ष आदित्य राई, उपाध्यक्षहरु राजकुमार राई, सागर राई, महिला उपाध्यक्ष बिष्णु लिम्बु राई, महासचिव निमेष राई, सचिवहरु सञ्जय राई, मन्जिल राई, कोषाध्यक्ष सन्दिप राई, सह कोषाध्यक्ष अरुणा राई, सदस्यहरु आस्था राई, इन्द्रराज राई, विवेक राई, गिता राई, भुवन राई, मनु राई र मनिष राई निर्वाचित भएका छन ।

 

उक्त कार्यक्रममा प्रमुख अतिथि कि.रा.या. दक्षिण कोरिया बरिष्ठ सल्लाहकार तथा पूर्वी नेपाल समाज पुर्व अध्यक्ष अमृत राई, बिशिष्ठ अतिथिहरु कि.रा.या. जेजु शाखा संरक्षक सरिता राई (सरु), कि.रा.या. जेजु शाखा सल्लाहकार संयोजक ओम बिक्रम राई, आदिवासी जनजाति महासंघ जेजु शाखा अध्यक्ष दिल ब.मगर, NRN जेजु शाखा महासचिव खगेन मोक्तान, आदिवासी जनजाति महासंघ जेजु शाखा संस्थापक अध्यक्ष गजिन हाङस्रोङ, बिशेष अतिथिहरु कि.रा.या. गजेदो  शाखा सचिव अमर राई, बुसान शाखा अध्यक्ष हिराधन राई, NRN बुसान शाखा अध्यक्ष तथा कि.रा.या. बुसान शाखा नि.व. अध्यक्ष दोस्ति हाङ राई, अतिथिहरु किरात याक्थुङ चुमलुङ जेजूदो शाखा अध्यक्ष सुष्मा नाल्बो, नेपाल तामाङ घेदुङ जेजूदो शाखा अध्यक्ष बिमल तामाङ, कि. या. चु. जेजूदो शाखा संरक्षक सुमन हाङस्रोङ, नेपाल मगर संघ जेजूदो शाखा का. पूरन घर्ति मगर लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।