Advertisement Ad

Advertisement Ad

प्रधानाध्यापकले गरे आफ्नै शिक्षकमाथि जातीय भेदभाव

१३ भदौ २०८२, तेह्रथुम। आठराई गाउँपालिका–७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडाले आफ्नै शिक्षक एलिसा विश्वकर्मामाथि जातीय भेदभाव गरेको घटना सार्वजनिक भएको छ।

प्रधानाध्यापक खतिवडाले भदौ ११ गते बुधबार सोही विद्यालयकी शिक्षक विश्वकर्मामाथि जातीय विभेद गरेको आरोप छ। सो दिन विद्यालयमा भएको श्रमदान कार्यक्रमको खानपीनको क्रममा प्रधानाध्यापक खतिवडाले शिक्षक विश्वकर्मालाई दलित भएको कारण भान्सा आसपास जान निषेध गरेको र खानेकुरा छुन नदिएको पीडित शिक्षक विश्कर्माको आरोप छ।

घटनाबारेको तीन मिनेटभन्दा लामो एक अडियो सामग्री समेत बाहिरिएको छ। उक्त अडियो सामग्रीमा खानेकुरा नछोइदिनु भन्ने शन्दर्भमा प्रधानाध्यापक खतिवडाले शिक्षक विश्वकर्मालाई ‘अनि यहाँ खादैनन् नि त मिस बुडाबुढीले तपाईंले जिद्धी गरेर मात्र हुँदैन त मिस …’ भनेकी छन्।

विद्यालय जस्तो सार्वजनिक स्थल र जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक बिकृतिको अन्त्यका निम्ति प्रयत्न गर्नुपर्ने प्रधानाध्यापकबाटै आफ्नै विद्यालयकी शिक्षकमाथि जातकै आधारमा भेदभाव हुनु निन्दनीय भएको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा नेपालले एक विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको छ।

विज्ञप्तीमा राज्यको वर्तमान कानूनले नै गम्भीर सामाजिक अपराधको रुपमा स्वीकार गरेको अवस्थामा समेत सार्वजनिक पद धारण गरेको व्यक्तिले नै यो तहको जातीय भेदभाव गर्ने हिम्मत राख्ने जनाउदै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तीः