काठमान्डौ – याक्थुङ युवा मञ्च ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ | शनिवार चुम्लुङहिम ललितपुरमा सम्पन्न अधिवेशनले सविता सम्बाहाम्फेको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ |
उपाध्यक्ष अमर तुम्बापो, सचिव गगन प्रकाश लावती, सहसचिव बिबेक बेघा र कोषाध्यक्षमा रविना लिम्बूलाई निर्वाचित गरेको छ भने सदस्यमा छयम चेम्जोङ र दर्पण सेर्मालाई सदस्यमा निर्वाचित गरेगरेको छ |
किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा याक्थुङ युवा मञ्चका संघीय सल्लाहकार सागर केरुङ, संघीय उपाध्यक्ष सुनिल आङबो, सचिव प्रताप निङलेकु, सदस्य सन्जोक मादेन, काठमान्डौ जिल्ला अध्यक्ष असन योङहाङ, भक्तपुर अध्यक्ष साम्सोहाङ आसमति लिम्बू र याक्थुङ मुन्चइत चोक सयङका संघीय सदस्य बिपना आङबुहाङ ‘सुहाङमा’ लगायतको उपस्थिति रहेको थियो |
