१५ साउन २०८२, पाँचथर। वर्षाका कारण बिग्रिएका सडक थप बिग्रने भन्दै फिदिम नगरपालिका–५ का कच्ची सडकहरुमा थप १५ दिन ठूला मालवाहक गाडी र ट्रयाक्टर सञ्चालनमा रोक लगाइएको छ।
वडा कार्यालयले यसअघि गत असार १५ गते सूचना जारी गरी भदौ १५ गतेसम्म त्यस्ता सवारी साधनलाई पक्की र ग्राभेल गरिएको सडकमा बाहेक अन्य कच्ची सडकहरुमा सञ्चालनमा रोक लगाएको थियो।
यद्यपी अझै बर्षा नरोएिकाले चाडपर्वको मुखमा कच्ची सडकहरु थप बिग्रने हुँदा आइतबार बसेको वडा समितिको बैठकले थप १५ दिन अर्थात् भदौ मसान्तसम्म ठूला मालवाहक सवारी साधन र ट्रयाक्टर सञ्चालनमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष भरत तुम्बापो द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
