Advertisement Ad

Advertisement Ad

लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेशन सम्पन्न

१७ भदौ २०८२, इलाम। लिम्बू पत्रकार संघ इलामको चौथो जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ।

अधिवेशनले सुशिल लिम्बू (मोरोहाङ)को अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ। नव निर्वाचित कार्य समितिको उपाध्यक्ष सृष्टि लिम्बू (कुरुम्बाङ), सचिव सरोज लिम्बू (जबेगु), सह–सचिव नवीन लिम्बू (फागो) र कोषाध्यक्ष ऐनकला लिम्बू (नेम्बाङ) चयन भएका निर्वाचन समितिका संयोजक राम योङहाङले बताए।

त्यस्तै सदस्यहरुमा अनिता लिम्बू (जवेगू), संगीता लिम्बू (सम्बाहाम्फे), पूजा राई (लिम्बू) र अनुपहाङ लिम्बू रहेका छन्। अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिमा रेखा लिम्बू, भीमसेन लिम्बू र प्रकृति लिम्बू त्यस्तै संघीय महाधिवेशन प्रतिनिधिहरुमा सन्तोष लिम्बू (नेम्बाङ) र युवराज लिम्बू (योङहाङ)लाई चयन गरेको छ।

अधिवेशन लिम्बू पत्रकार संघका संघीय महासचिव जीवन लिम्बूको प्रमुख आतिथ्यता तथा लिम्बू पत्रकार संघ इलामका निवर्तमान अध्यक्ष बुद्धमाया सोङ्मी लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो।