५९ औँ बाल दिवसको अवसरमा फिदिम ६ सिवामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२९ भदौ, २०८० पाँचथर । पाँचथरको फिदिम नगरपालिका ६ सिवामा शुक्रवार हाजिरी जवाफ प्रतियोगित सम्पन्न भएको छ । ‘बालबालिकामा लगानि सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नारका साथ नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको हो…

कुशल चेम्जोङको शब्दमा ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२५ भदौ, २०८० पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जन्मिएका कुशल चेम्जोङको शब्दमा रहेको ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार  ओसियन म्युजिक नेपाल युटुव च्यानलमा सार्वजनिक गरिएको गितमा चेम्जोङको शब्द, ओम प्रकाश राइको सङ्गीत…

भरुवा बन्दुक देखाएर ज्यान मार्ने धम्की दिने पाँचथरका एक युवक पक्राउ

२५ भदौ २०८०, पाँचथर । घरायसी बिवादका क्रममा आफ्नै भाईबुहारीलाई भरुवा बन्दुक देखाएर ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त भएपछि पाँचथरका एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपस्थित निगुरे बस्ने ३०…

गजल

– युगल सुनुवार दुर्भाग्य ! हामी छुट्टिए पनि, छुट्टिएको नसम्झिनु, पुग्ने ठाउँ एउटै हो, यात्रा टुङ्गिएको नसम्झिनु । तिमी अब त हाम्रो भेट, कहिल्यै हुँदैन भन्छौ, पृथ्वी गोलो छ, संसार सकिएको नसम्झिनु । बिछोड हुनु भनेको, सुन्दर अवशर आउनु हो,…

फालेलुङ–४, सोमबारेस्थित हेंवाखोलामा डाइभर्सन निर्माण

२१ भदौ २०८०, फालेलुङ । जिल्लाको फालेलुङ गाउँपालिका–४, सोमबारेस्थित हेंवाखोलामा डाइभर्सन निर्माण गरिएको छ । गत असार महिनाको सुरुवातमा भीषण बर्षासँगै आएको बाढीले त्यहाँको मोटरेवल बाटो भत्काएपछि त्यहाँका अधिकांश क्षेत्र यातायात सम्पर्कबाट बञ्चित भएका थिए । गाउँपालिकाले अप्पकालीन समाधानका लागि…

पाँचथरमा मानव बेचबिखन विरुद्धको दिवश मनाइयो

२० भदौ २०८०, पाँचथर । सदरमुकाम फिदिममा बुधबार १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवश मनाइएको छ । दिवशको अवरमा बिहान फिदिम बजारमा प्रभातफेरि निकालिएको थियो । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलन’ भन्ने नारा सहित दिवश मनाइएको…

पाँचथरमा लम्पी स्किन रोगबाट सात सय पशु मरे, ३५ हजार बढी प्रभावित

इवारा जबेगु २० भदौ २०८०, पाँचथर । पशुचौपायामा लाग्ने लम्पी स्किन रोगबाट पाँचथरमा सात सय पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको तथ्याङ्क अनुसार हालसम्ममा जिल्लामा ६८७ गाईगोरु र १३ भैंसी राँगा गरी कूल सात…

कुम्मायक गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे, १७ भदौ, २०८०, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको प्राविधिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको…

फिदिम–६, मा माओवादी केन्द्रको रुपान्तरण अभियान पात्लेभञ्ज्याङबाट उद्घाटन

१७ भदौ, २०८०, पाँचथर । ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराकासाथ शनिबारदेखि देशैभरी सुरु भएको नेकपा (माओवादी केन्द्र) को ३ महिने बिशेष रुपान्तरण अभियान फिदिम -६, मा पात्लेभञ्ज्याङबाट सुभारम्भ गरिएको छ । शनिबार  एक कार्यक्रमको आयोजना गरि नेकपा (माओवादी…

लिम्बु विद्यार्थी मञ्च, पान्थरद्वारा दुई विद्यार्थी सम्मानित

१६ भदौ, २०८० पाँचथर । लिम्बु विद्यार्थी मञ्च, जिल्ला कार्य समिति पान्थरले शनिबार दुई विद्यार्थीलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ को एस.ई.ई. परिक्षामा लिम्बु समुदायबाट सामुदायिक विद्यालयमा अध्ययन गरि उत्कृष्ट जिपिए ल्याएका एक छात्र र एक छात्रालाई सम्मान…