Advertisement Ad

प्राङ्बुङमा राके मेला आजदेखी सुरु, फुटबल खेल अन्तर्गत चार खेल सम्पन्न

Advertisement Ad

२ साउन, २०८१ पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका -५ प्राङ्बुङमा बुधबारदेखि राके मेला सुरु भएको छ ।

कोरोनाको महामारीमा लाग्न छाडेको मेला यसपटकबाट पुन विविध कार्यक्रमका साथ सुरु गरिएको आयोजक समितिले बताए । राके मेला अडाईसय वर्ष अगाडिदेखि निरन्तर लाग्दै आएको आयोजक समितिका सल्लाहकार शिल्प साम्पाङले बताए ।

मेलाको फालेलुङ गाउपालिकाका प्रमुख बिरबिक्रम थाम्सुहाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । थाम्सुहाङ्ले राके मेलालाई पुन निरन्तरता दिएकाले मेला सम्पन्न गर्न गाउँपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्राङ्बुङ स्पोर्टिङ क्लवको आयोजनामा सुरु भएको मेला साउन ६ गतेसम्म लाग्नेछ ।

मेलामा पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता अन्तर्गत बुधबार चार खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेलमा फालेलुङ -सिदिनले फालेलुङ -४ मेमेङलाई १-० गोलअन्तरले स्तब्ध बनायो । दोश्रो खेल अन्तर्गत नवसुसेली युवा क्लब फालेलुङ -३ लाई खेदोक एफ सि फालेलुङ- ५ ले २-१ गोलअन्तरले पराजित गरेको छ । तेस्रो खेल अन्तर्गत हुक्तङ एफ् सि फालेलुङ ५ ले सिङगेडाडा फालेलुङ ५ विरुद्ध ४-२ गोलअन्तरको जित निकालेको छ । बुधबार सम्पन्न अन्तिम खेलमा हेभेन्ली युवा क्लब लुदिनले प्राङ्बुङ स्पोर्टिङ क्लब ‘बि’ लाई ५-२ गोल अन्तरको सहज जित निकालेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ८० हजार र उपबिजेता टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा बेस्ट प्लेयर, हाईस्कोरर, बेस्ट किपिङ, बे्ट डिफेन्सलाई पनि पुरस्कारको ब्यवस्था गरिएको आयोजक समितिका खेल संयोज बिनोद खपाङ्गिले बताए ।