Advertisement Ad

Advertisement Ad

पाँचथर जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

पाँचथर, ३१ असार । जिल्ला क्रिकेट संघ तदर्थ समिति पाँचथर गठन भएको छ। जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले संघको तदर्थ समिति गठन गरेको हो।

सुमन लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो। समितिको उपाध्यक्षमा रविन तिम्सिना, सचिव ज्ञानेन्द्र तामाङ र कोषाध्यक्ष बर्षा राई चयन भएका छन्। सदस्यमा दिनेश तिम्सिना, सुजन ओझा, माया कामी, गोमा पोख्रेल, पुनम पुर्कुटी, डिक सिलवाल, शैलेन्द्र पन्धाक र गणेश घिमिरे चयन भएका छन्।

यो सँगै पाँचथरले नेपाल क्रिकेट संघ (क्यान) को सदस्दयता प्राप्तीको बाटो खुलेको छ। अब क्यानबाट पूर्ण सदस्यको मान्यता प्राप्त गर्ने पहिलो लक्ष्य रहेको नव गठित समितिका अध्यक्ष लामाले बताए।