Advertisement Ad

फुटवलर अञ्जिलाको जीवनी प्रभावित चलचित्र ‘अञ्जिला’को पहिलो पोष्टर सार्वजनिक

Advertisement Ad

२५ फागुन २०८०, काठमाडौ। नेपाली राष्ट्रिय महिला फुटवल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनी प्रभावित कथामा आधारित नेपाली कथानक चलचित्र ‘अञ्जिला’को फुस्ट लुक सार्वजनिक भएको छ।

चलचित्रको पहिलो पोष्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई देखाइएको छ। मिलन चाम्स निर्देशित चलचित्रको प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने बताइएको छ। चलचित्रको ७५ प्रतिशत कथा अञ्जिलाकै संघर्ष र फुटवल जीवनको वरिपरि घुमे पनि चलचित्र उनकै जीवनीमा आधारित भने नभएको बताइएको छ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको निर्माण प्रेम कुमार श्रेष्ठले गरेका हुन्। सह–निर्मातामा भने विनोद अग्रवाल र राजेश बगडिया रहेका छन्। चलचित्रको छायाङ्कन अञ्जिला हुर्के–बढेको इलामको आइतबारे, झापा र काठमाडौमा गरिएको निर्देशक चाम्सले बताए।

चलचित्रको शीर्ष भूमीकामा स्वयंम् अञ्जिला छिन्। उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको अभियन गरेको छ। सिनियर नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान समेत रहेकी गोलकिपर अञ्जिलाको यो पहिलो अभिनय हो।