Advertisement Ad

Advertisement Ad

फालेलुङमा साहित्यिक एवंम् साँस्कृतिक महोत्सव

१९ जेठ २०८१, पाँचथर। फालेलुङ वाङमय प्रतिष्ठानले फालेलुङ गाउँपालिका–३ नाम्लुवा भञ्ज्याङमा दोस्रो फालेलुङ साहित्यिक एवंम् साँस्कृतिक महोत्सव आयोजना गरेका छ।

महोत्सवको अवशरमा विभिन्न जातजाति र भाषाभाषीका कला, संस्कृति र लोक नृत्युहरु प्रस्तुत गरिएका थिए। फालेलुङमा बसोबास गर्ने याक्थुङ (लिम्बू), राई, मगर, ब्राम्हण र दमाई जातिको कला, संस्कति, लोक नृत्य, भेषभूषा र बाजागाजा प्रस्तुत गरिएको हो। केलाःङ् (च्याब्रुङ नाच), साकेला, हुर्रा र कौडा, बालन, संगिनी, नौमती बाजा लगायत प्रस्तुत गरिएका थिए।

दुई दिवशीय महोत्सवमा अतिथि कविको रुपमा सिरेन बान्तावा, उदय अपेक्षा र सुमन सहयात्रीले रचना वाचन गरेका थिए। त्यस्तै फालेलुङका सर्जकहरु नरेन्द्रराज केरुङ, सुरेन शिशिर केरुङ, मृदुल आङबो, पूर्ण परिचित जबेगु, सुमित्र प्रेमी चेम्जोङ, राज कुमार इशारा राई, बिक्रम पाखरी केरुङ, मचिन्द्र सेमी, नुनाम केरुङ र सुनिल आङबोले रचना वाचन गरेका थिए।

‘रैथाने अर्थतन्त्र र पर्यावरण’ शीर्षक प्यानल डिस्कोर्समा बहूरङ्गवादी कवि, अध्येता एवंम् राजनीतिज्ञ धर्मेन्द्रबिक्रम नेम्बाङ र पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मधुराज केरुङले वसह गरेका थिए। उक्त प्यानल डिस्कोर्सलाई युवा अध्येता राज दिलाञ्जलीले सहजीकरण गरेका थिए।

महोत्सवको अवशरमा प्रतिष्ठानले पूर्वमन्त्री कमलप्रसाद जवेगू, संगीत तथा गायन क्षेत्रका लागि लिलाप्रकश जवेगू, भाषा साहित्यतर्फ ज्ञानबहादुर राई, पत्रकारिता क्षेत्रबाट भीमकुमार बाँस्कोटा, फालेलुङ गाउँपालिकाका सगरमाथा आरोहिद्वय किशोरकुमार जवेगू, उदय केरुङ र शिक्षा क्षेत्रका अगुवा कर्ण आङबो र सन्तबीर खपाङ्गीलाई सम्मान गरेको थियो ।

महोत्सवको अवशरमा शनिबार साँझ चर्चीत कलाकारहरुको साथमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको फालेलुङ वाङमय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले जानकारी दिए।