Advertisement Ad

Advertisement Ad

नोगेनको ‘जिउ पैंचो’ सार्वजनिक

१० असार २०८१, काठमाडौँ। द भ्वाइस अफ् नेपालका फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ सार्वजनिक भएको छ। सांगीतिक चलचित्र भनिएको २३ मिनेटभन्दा लामो उक्त भिडियोलाई नोगेनलाई आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

उक्त भिडियोको गीतमा नोगेनलाई लोकप्रिय गायीका सुनिता थेगिमले स्वरमा साथ दिएका छन्। गीतको शब्द, संगीत बुद्धराज लिम्बूको रहेको छ भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ मनोज थापा मगरले गरेका छन्।

नोगेनका बाबु देउमान हाङसरुम्बा र आमा सरिता हाङसरुम्बा (नेम्बाङ)ले निर्माण गरेको प्रस्तुत सांगीतिक चलचित्रको लेखन, निर्देशन किरण राईले गरेका छन्। भिडियोमा अनुशा राई, उत्तम राई, यासेली योङहाङ, भुवनसिं राई, सागर केरुङ, तुलशा आङदेम्बे, हाङ चेम्जोङ, भूपु लिम्बू, मधु केरुङ, निशाम तुम्बापो, समीर जबेगु, निशान लुइटेल, बिमल लिम्बू, नेहा राई, शिशिर नेम्बाङ, तिर्थ हाङसरुम्बा, ज्योति बेघा लगायतको अभिनय रहेको छ।

नोगेनको उक्त भिडियोको धेरैले प्रतिक्षा गरेका थिए। अब भिडियो सार्वजनिक भइसकेकाले हेरेर प्रतिक्रिया दिन उनले दर्शकलाई आग्रह गरेका छन्।

भिडियोः