अर्जुन तुम्बापो
७ भदौ २०८१, दक्षिण कोरिया। अहिलेको सर्वाधिक व्यस्त कलाकार दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र घरज्वाइँ कोरियाका विभिन्न शहरमा प्रदर्शन हुँदैछ।
जेजु दोमा अगस्त २४ र सउल, थेगु, किम्हे–बुसानमा अगस्त २५ तारिखमा प्रदर्शन हुने भएको हो।
नेपाल मगर संघ गणतन्त्र कोरियाले त्रिभुवन विश्वविद्यालयमा ‘मगर भाषा र संस्कृति अध्ययन’ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन हुने बताइएको छ।
अगस्ट २५ को दिन सउलमा मध्यान्ह १२ बजे, थेगुमा दिउँसो १ बजे, किम्हे–बुसानमा १ बजे र जेजु सहरमा अगस्ट २४ बेलुका ७ः३० मा प्रदर्शन हुनेछ ।

