Advertisement Ad

फाल्गुनन्द गोल्डकपको ११औं संस्करण पुष ६ गतेदेखि हुने

Advertisement Ad

५ असोज २०८१, पाँचथर। जिल्लाको पुरानो र प्रतिष्ठित फुटवल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको ११औं संस्करण आउँदो पुष ६ गतेदेखि हुने भएको छ।

प्रतियोगिता सञ्चालन हुँदै आएको फिदिम माविको खेलमैदानको पुनर्निर्माण र त्यसपछिको कोरोना कहरका कारण २०७५ देखि हुन नसकेको प्रतियोगितालाई ६ बर्षपछि निरन्तरता दिन लागिएको हो।

आयोजक फिदिम स्पोर्टिङ क्लवले शनिबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ११औं संस्करण पुष ६ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो। प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार रुपैंयाँ र उपविजेताले २ लाख २५ हजार रुपैंयाँ प्राप्त गर्नेछ।

प्रत्येक खेलको म्यान अफ् दि म्याचले नगद १० हजार रुपैंयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछ भने अन्य विधागत पुरस्कार पनि प्रदान गरिनेछ।

प्रतियोगितामा ४ ए डिविजन क्लव, २ बी डिविजन क्लव, अन्तराष्ट्रिय र मोफसलका गरी १० टोलीलाई सहभागि गराउने तयारी रहेको आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए।

प्रतियोगिताको दशौं संस्करण झापा ११ ले जितेको थियो। प्रतियोगिता सम्पन्न गर्न ७३ लाख ७५ हजार ९३३ रुपैंयाँ बजेट लाग्ने आयोजकले अनुमान गरेको छ।