Advertisement Ad

Advertisement Ad

चलचित्र ‘चे’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

६ असोज २०८१, काठमाडौ। सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को ट्रेलर सार्वजनिक भएको छ।

याक्थुङ फिल्मस् प्रा.लि.को युट्युव च्यानल मार्फत् चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। यहीँ असोज १५ गते राजधानीस्थित सिटि सेन्टर कमलपोखरीमा चलचित्रको पहिलो शो तोकिएको छ।

आदिवासी याक्थुङ (लिम्बू) वस्ती पाँचथरमा छायाङ्कन गरिएको ‘चे’ मा प्राकृतिक सम्पदा बचाउन खोज्ने र मास्न खोज्नेबीचको द्वन्द्व अनि विकास निर्माणको नाममा आदिवासी जनजातिहरु कसरी ‘चे’ अर्थात् लास सरह भइरहेका छन् भन्ने कुरा देखाउन खोजिएको लेखक, निर्देशक केरुङले बताए।

याक्थुङ फिल्मस् प्रा.लि.का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङले निर्माण गरेको ‘चे’ मा बुद्धराज लिम्बूको संगीत, युवराज राईको छायाङ्कन र पर्शु थलङ लिम्बूको सम्पादन रहेको छ।

चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो केन्द्रीय भूमीकामा रहेका छन्।

चलचित्रको ट्रेलर हेर्नुहोसः