Advertisement Ad

Advertisement Ad

रानीटारमा जारी दिपावली गोल्डकपको उपाधिका लागि असिने र तमाखे भिड्दै

१९ कार्तिक २०८१, पाँचथर। फिदिम रानीटारमा जारी  दिपावली गोल्डकपको फाइनल खेल आज (सोमबार) हुदैछ।

प्रतियोगिताको उपाधिका लागि असिने फुटबल क्लब फिदिम तमाखे फुटबल क्लब फिदिम बिच प्रतिश्पर्धा हुनेछ। रानीटार माविको खेलमैदानमा भइरहेको प्रतियोगिता  ग्रिनभ्याली यूनाईटेड तथा त्रिवेणी यूवा क्लवले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रतियोगिताको बिजेताले नगद रु.८० हजार सहित ट्रफ्रि प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु.४५ हजार सहित ट्रफ्रि प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष पासाङ गुरुङले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई बिधागत पुरस्कार समेत दिइने गोल्डकपका खेल संयोजक मिलन नेम्बाङले जानकारी दिए

शुभ दिपावलीको अवसरमा आयोजना गरिएको प्रतियोतिताको यो तेस्रो संस्करण हो। प्रतियोगिता कार्तिक १४ गतेबाट सुरु भएको हो।

रानीटार माविको खेलमैदानमा अपरान्ह बजेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेलको सुम्हात्लुङ टाइम्सको अफिसियल फेसवुक पेजबाट प्रत्यक्ष प्रशारण हुनेछ।