१२ मंसिर २०८१, पाँचथर। अखिल नेपाल लेखक संघ पाँचथरको तदर्थ समिति गठन भएको छ।
बुधबार फिदिममा आयोजित एक भेलाले मचिन्द्र सेमी लोवाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो। जिल्लाअधिवेशनको तयारी स्वरूप तदर्थ समिति गठन गरिएको संघका केन्द्रीय सदस्य सुनिल आङबोले बताए।
समितिको सह–संयोजकका पूर्ण परिचित जबेगु, सचिव नितिज आङबो, सदस्यहरूमा राजन खतिवडा, बिक्रम केरुङ, रजनी हाङ्सरुम्बा र सन्दिप लाओती चयन भएका छन्।
नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समिति संयोजक विशाल रसाइलीको प्रमुख आतिथ्यता एवंम् अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष चन्द्र माङमु, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लाओती, लेखक आकाशमणी बराल र अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य सुनिल आङबोको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो।
संघको जिल्ला अधिवेशन निकट भविष्यमा गरिने र सो अवशरमा स्मारिका प्रकाशन गर्ने योजना रहेको नवगठित समितिका संयोजक लोवाले बताए।
