Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गोल्डकपः १० टिमलाई सहभागि गराइने, विजेताले १० लाख ५ सय ५५रुपैंयाँ पाउने

२० मंसिर २०८१, पाँचथर। जिल्लाकै पुरानो र ऐतिहासिक फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करणको उपाधीका लागि दश टिमले प्रतिश्पर्धा गर्ने भएका छन्।

त्यस्तै आयोजकले पुरस्कार राशी दोब्बरले बढाएर दश लाख रुपैंयाँ पुर्याएको छ। बिहीबार सदरमुकाम फिदिमस्थिल क्लवको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लवले सहभागि टिम र पुरस्कार राशी दोब्बरले बृद्धि गराईएकोबारे जानकारी दिएको हो।

आगामी पुस ६ देखि १५ गतेसम्म फिदिम खेलमैदानमा सञ्चालन हुने गोल्डकपको ११ औं संस्करणका लागि आयोजक फिदिम स्पोर्टिङ क्लवसँगै लिग च्याम्पियन चर्च व्वाइज युनाईटेड क्वलसँगै ‘ए’ डिविजन क्लव न्यू रोड टिम (एनआरटी), मछिन्द्र क्लव, विभागीय टोली त्रिभुवन आर्मी क्वल, ‘बी’ डिभिजन चितलाङ क्लव, एनएसएल खेल्ने विराटनगर सिटी एफसी, मोफसलको सफल क्लव लसहेश युथ क्लव, सुनसरीको न्यू स्टार क्लव र झापा फुटवल टिमबीच प्रतिश्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङ्गेली मगरले बताए।

प्रतियोगिताको विजेताले नगद १० लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ। सर्वोकृष्ट खेलाडीलाई एउटा इभी स्कुटर, प्रत्येक खेलको म्यान अफ् दि म्याचलाई १० हजार रुपैंयाँ प्रदान गरिनेछ। त्यस्तै विधागततर्फ वेष्ट गोलरक्षक, वेष्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, वेष्ट फरवार्ड, वेष्ट कोच र राइजिङ प्लेयरलाई जनही १० हजार रुपैंयाँका दरले पुरस्कृत गरिने आयोजक फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए।