Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गोल्डकप: सल्हेसलाई टाईब्रेकरमा रोक्दै एनआरटी सेमीफाइनल प्रवेश

११ पुस २०८१, पाँचथर। न्यु रोड टिम (एनआरटी) पाँचथरको फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

फिदिम माविको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिराहाको सल्हेस युथ क्लबलाई टाइब्रेकरमा गोल अन्तरले पराजीत गर्दै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो। प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

पेनाल्टी सुटआउटमा एनआरटीका अन्जन विष्ट, क्रितिश छुर्जुव, अभिषेक लिम्बू, सरोज तामाङ कार्लोसले गोल गरे।  सल्हेसका कुलदीप कार्की, बिवेक राई, दोर्जे तामाङ फागुराम थारुको प्रहारले मात्र जाली चुम्यो। हेन्रीको प्रहारमा एनआरटीका गोल किपर प्रमिजय गच्छेदार बाधक बन्दा सल्हेस पहिलो खेलमै स्तब्ध बन्यो। खेलको म्यान अफ् द म्याच एनआरटीका अभिषेक लिम्बू घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमीफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब लिग विजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए

पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।