Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गोल्डकपः विराटनगर सिटी एफसीमाथि गोल वर्षा गर्दै चर्च व्वाइज सेमीफाइनल प्रवेश

१० पुस २०८१, पाँचथर। लिग लिडर चर्च व्वाइज युनाइटेड क्लव काठमाडौं पाँचथरको फिदिममा जारी ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

बुधबार फिदिम माविको खेलमैदानमा भएको खेलमा विराटनगर सिटी फुटवल क्लबमाथि गोलअन्तरको फराकिलो जित निकाल्दै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। चर्च ब्वाइजलाई जित दिलाउन समिर तामाङ  अर्मान्ड विडुमले ह्याट्रिक गरे भने फोफोनाले एक गोल गरे। विराटनगर सिटीका लागि सन्दिप राईले सान्त्वना गोल फर्काएका थिए।

प्रतियोगिता अन्तरगत बिहीबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्यू रोड टिम (एनआरटी) सिराहाको सलहेश युथ क्लव भिड्नेछन्।

पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।