Advertisement Ad

Advertisement Ad

पाँचथर गोल्डकप आजदेखि, उद्घाटन खेलमा पाँचथर क्लव र पथरी मोरङले खेल्दै

२४ फागुन २०८१, पाँचथर। जिल्लाकै सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्तित्र पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको पाँचौं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ।

सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लव र मोरङको इन्ट्रा पथरी फुटवल क्लवबिच प्रतिश्पर्धा हुने आयोजक पाँचथर क्लवले जनाएको छ।

खेल दिउँसो दुई बजेदेखि सुरु हुनेछ। औपचारिक उद्घाटन समारोह बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ। फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।

चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैंयाँ प्राप्त गर्नेछ।