Advertisement Ad

Advertisement Ad

नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न ।

०४ अगष्ट २०२५ दक्षिण कोरिया  

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस तथा तेस्रो अधिवेशन ०३ अगष्ट २०२५ तारीख आइतबार कार्यक्रम सम्पन्न गरेको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगष्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार विश्वभर विश्व आदिवासी दिवस मनाउदै आइएको छ ।

कार्यक्रमको मुख्य आयोजक महासंघ जेजुदो शाखा रहेको साथै सहआयोजकको रुपमा महासंघ आवद्ध जेजुदो शाखामा रहेको जातीय संस्थाहरू रहेका थियो ।  रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता, सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिबासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ गर्न लागिएको हो ।

प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष बिशन राई, बिशिष्ठ अतिथि नेफिन दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष शुभराज बोम्जन, बिशिष्ठ अतिथि नेफिन दक्षिण कोरियाको महासचिव दयाराम राना मगर, बिशिष्ठ अतिथि नेफिन दक्षिण कोरिया बूसान शाखा अध्यक्ष परी गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ जेजूदो शाखा, दक्षिण कोरियाको संरक्षक अर्जुन तुम्बापो, प्रमुख सल्लाहकार सुमन हाङस्रोङ, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न व्यवसायमा आवद्ध प्रतिनिधिहरु लगायत उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सभाध्यक्ष का. अध्यक्ष दिल बहादुर मगरले गर्नु भए संगै कार्यक्रम सचिव रिचा व्लोन तामाङले संचालन गरेका थिए ।  

दिल बहादुर मगर सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ  बरिष्ठ उपाध्यक्ष सरिता (सरु) राई उपाध्यक्ष सन्तोष नेम्बाङ, सानुमाया तामाङ र जनकासी गुरुङ, महासचिव रिचा व्लोन तामाङ, पुरन घर्ति मगर, कोषाध्यक्ष तुल ब. मगर, सदस्यहरु अनिता महर्जन, राज कुमार राई, सुकुलाल रुम्बा, रिता धिमाल र कुमार पुन निर्वाचित भएका छन । निर्वाचन मण्लडमा संयोजक अर्जुन तुम्बापो सदस्यमा सुमन हाङस्रोङ र सुनिता व्लोन रहेका थिए । निर्वाचित कार्य समिति लाई निर्वाचन समिति संयोजकले  शपथ ग्रहण गराउनु भएको थियो ।