दाहसंस्कार गर्न लगिएकी बालिकाको शव नियन्त्रणमा, अनुसन्धानमा परिवारकै मानिस तानिए

कृष ढुंगाना ९ जेष्ठ २०८२, पाँचथर। संखुवासभा प्रहरीले जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिकाको एम्बुलेन्स मार्फत् घरतर्फ लग्दै गरेको शव बाटैबाट नियन्त्रणमा लिएको छ। भोटखोला–४ सिप्प्रङका गोपाल तामाङकी ६ वर्षीया छोरी युनिका तामाङको शव खाँदबारी नगरपालिका–३ गुरुङचोकबाट नियन्त्रणमा लिइएको…

फिदिममा स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण शिविर सुरु

९ जेठ २०८२, पाँचथर। फिदिम नगरपालिकाको सहयोग तथा भक्तपुर क्यान्सर अस्पतालको विशेषज्ञ एवम् प्राविधिक सहयोगमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण शिविर सुरु भएको छ। जिल्ला अस्पताल पाँचथरमा शुक्रबार बिहान शिविरको शुभारम्भ गरिएको थियो। शिविरमा भक्तपुर क्यान्सर अस्पतालका…

फिदिममा इमानसिं चेम्जोङ वृत्तचित्र प्रदर्शन

८ जेठ २०८२ पाँचथर। सदरमुकाम फिदिममा बिहीबार इतिहासकार इमानसिं चेम्जोङको जीवनीमा आधारित वृत्तचित्र ‘इमानसिं चेम्जोङ’ प्रदर्शन गरिएको छ। याक्थुङ युवा मञ्च, पाँचथरको आयोजनामा फिदिमस्थित मनश्वी होटलको सभाहलमा वृत्तचित्र प्रदर्शन गरिएको हो। इतिहासकार इमानसिं चेम्जोङको जीवन भोगाई र इतिहास लेखनको क्षेत्रमा…

किरात राईहरुको महान चाड यलेदोङ  ५०८५ उभौली साकेला जेजूदोमा सम्पन्न ।

दक्षिण कोरिया  किरात राई यायोक्खा जेजुदो शाखा द्धारा आयोजनामा किरात राईहरुको महान चाड यलेदोङ  ५०८५ (किरात संवत) उभौली साकेला शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम १८ मे २०२५ तारिख दक्षिण कोरियाको सुन्दर पर्यटकीय शहर जेजूदोमा सम्पन्न भएको छ । जेजूदो शाखा…

मुक्कुम्लुङ संरक्षण आन्दोलनः जबरजस्ती विकास योजना विरुद्ध फेरि संघर्ष चर्काउने उद्घोष

काठमाडौँ। उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लङ्घन र जबरजस्ती विकास योजना विरुद्ध मुक्कुम्लुङ क्षेत्रमा चल्दै आएको संरक्षण आन्दोलन फेरि चर्किने भएको छ। मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन मार्फत आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। राष्ट्रिय…

हिलिहाङ गाउँपालिका कुम्मायक गोल्डकपको च्याम्पियन

५ जेठ २०८२, पाँचथर। छैटौं संस्करणको कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हिलिहाङ गाउँपालिका पाँचथरले जितेको छ। कुम्मायक गाउँपालिकाको सेवा केन्द्र यासोकमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याङलुङ नगरपालिका तेह्रथुमलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले स्तब्ध पार्दै हिलिहाङले उपाधि उचालेको हो। पृथ्वी…

फिदिममा निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर हुँदै

रजनी हाङसरुम्बा ५ जेठ २०८२, पाँचथर। जिल्ला अस्पताल पाँचथरमा यहीँ जेठ ९ र १० गते स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुँदैछ। भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक एवम् प्राविधिकहरु सँगको सहकार्यमा फिदम नगरपालिकाले शिविर सञ्चालन गर्न लागेको हो।…

‘सुर्केपुङ’ पालामको छायांकन सम्पन्न

काठमाडौ : लिम्बु भाषाको पालाम ‘सुर्केपुङ’को छायांकन सकिएको छ । धनकुटाको विभिन्न ठाउँमा छायांकन गरिएको पालामको निर्देशन मनि ताम्लिङ लिम्बुले निर्देशन गरेका हुन । सागर केरुङ्को शब्द, गोमा लिम्बू योङ्हाङ्को लय संकलन रहेको पालामलाइ बिबस नेम्बाङ र गोमा योङ्हाङ्ले स्वर…

राष्ट्रिय युवा संघ नेपाल पाँचथरको आठौं जिल्ला अधिवेशन सम्पन्न

३ जेठ २०८२, पाँचथर। राष्ट्रिय युवा संघ नेपाल पाँचथरको आठौं जिल्ला अधिवेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ। अधिवेशनको वन्द शत्रले मदन लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा रितुवर्ण तुम्बापो, सचिव सुजन तुम्बापो,…

कक्षा–९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमा बच्चा जन्माइन्, नवजात शिशु मृत फेला

३१ वैशाख २०८२, पाँचथर। आफन्तको घरमा बसेर पढ्दै आएकी पाँचथरकी एक १५ वर्षीया त्राछाले शौचालयमा बच्चा जन्माएकी छिन्। नवजात शिशु भने मृत फेला परेको थियो। फिदिम नगरपालिकाको एक विद्यालयमा कक्षा–९ मा अध्ययनरत ती छात्राले शौचालयमा शिशु जन्माएको बताइएको छ। बुधबार…