फिदिम–७, मा सिद्धकाली नकआउट फुटवल प्रतियोगिता सुरु

राम बाँस्कोटा १२ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका–७, स्थित सिद्धकाली आधारभूत विद्यालय असिनेको खेलमैदानमा आइतबारदेखि प्रथम सिद्धकाली नकआउट पुरुष फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, फिदिम नगरपालिका–७, का वडाध्यक्ष रुपेन्द्र तामाङले गरेका थिए। असिने फुटवल…

किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष याक्थुङबाको निधन

१२ कार्तिक २०८०, आइतबार। किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष एवंम् लेखक मञ्जुल याक्थुङबा (मञ्जुलकुमार सिंह याक्थुङबा फोम्बो) को निधन भएको छ। उनको ८८ बर्षको उमेरमा काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनले तेस्रो राष्ट्रिय महाधिवेशनबाट…

एन्जिलाले आगामी आई लिग पनि सेथु एफसीबाटै खेल्ने

११ कार्तिक २०८०, काठमाण्डौ। गत सिजन सेथु एफसीको कप्तानी सम्हाल्दै आई लिग खेलेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले आगामी संस्करण पनि सेथु एफसीबाटै खेल्ने भएकी छिन्। आउँदो डिसेम्बरबाट सुरु हुने लिगको लागि सेथु एफसीसँग सम्झौता नवीकरण भएको…

‘मना लाङ्योःक्खा?’ सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश

११ कार्तिक २०८०, पाँचथर। कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपीको कथा सङ्ग्रह मना लाङ्योःक्खा? सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ। सिक्किम गभर्मेन्ट अन्तर्गतको कञ्चनजंघा विश्वविद्यालयले उक्त कृतिलाई पाठ्यक्रममा राखेको हो। कृतिभित्र १२ वटा कथा सङ्ग्रहित छन्। तीमध्ये…

प्रथम सिर्जना कप फुटबल प्रतियोगिताको उपाधि लालीखर्क फुटवल क्लबलाई

राम प्रसाद बॉस्कोटा ८ कार्तिक, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका वडा नं.-७ माक्लुम्वा रानिटार स्थित पन्चकन्या आधारभुत विद्यालयको खेलमैदानमा संचालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि लालिखर्क फुटवल क्लवले हात पारेको छ । विजया दशमी तथा दीपावली को उपलक्ष्यमा आयोजित…

लाहादङ्नाको दशैं

केजी सुब्बा यसपालीको दशैंमा पनि मुन्धुमको कुम्लो बोकेर लाहादङ्ना छथरको डाँडैडाँडा पुरानो फलैंचाको बाटो हुँदै तेर्सै–तेर्सो आँखाबाट ओझेल भइन् यो विज्ञान मनोविज्ञानको युगमा अनेक तवरले सोच्दै लाहादङ्ना कहिले तमोर बनेर बगिन् कहिले फक्ताङलुङ बनेर हाँसिन् कहिले सिल्लरी फूल बनेर फुलिन्…

हिन्दूकृत भएका याङवरके लिम्बुहरु र निशान

दिलेन्द्र कुरुम्बाङ ६ कार्तिक २०८०, पाँचथर। याक्थुङ लिम्बुहरुमा एउटा प्रख्यात भनाइ छ– ‘नीति र सामृति’। पहिला त नीतिवालहरुले सामृतिवालहरुलाई छुवाछुतकै व्यवहार गर्थे। भरसक्य नाता कुटुम्ब नै जोड्दैनथे। परम्परागत संस्कार, सँस्कृति मान्ने लिम्बूहरु नीतिवाल हुन् भने हिन्दू संस्कार सँस्कृति अपनाएर हिन्दूकृत…

ज्ञानमाया स्मृति फुटवल प्रतियोगिता सम्पन्न

६ कार्तिक २०८०, पाँचथर। फिदिम नपा–१०, याङनामस्थित थाङनापामा आयोजित ज्ञानमाया स्मृति नकआउट खुला पूरुष फुटवल प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी वरकतेम्बे समाज फिदिम–१०, ले उचालेको छ। खुङ्खोला महिला कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित तेम्दा? मेलासँगै सञ्चालन गरिएको प्रतियोगिताको…

नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित

६ कार्तिक २०८०, पाँचथर। नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित भएकी छिन्। अधिवक्ता एवंम् किरात याक्थुङ चुम्लुङका संघीय सदस्य समेत रहेकी प्रबिनलाई किरात याक्थुङ चुम्लुङ युएई र ताप्लेजुङ सेवा समाज युएईले आइतबार संयुक्त रुपमा सम्मान गरेका हुन्। दुबईस्थित घान्तुत रेष्टुरेन्टमा आयोजिक…

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फिदिम–६

३ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडा कार्यालयले विगत बर्षदेखि नै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। वडा कार्यालयको उक्त कार्यबाट विशेषगरी अशक्त, अपाङ्गता भएका र असहाय लाभग्राही लाभान्वित भएका छन्। वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता…