केजी सुब्बा यसपालीको दशैंमा पनि मुन्धुमको कुम्लो बोकेर लाहादङ्ना छथरको डाँडैडाँडा पुरानो फलैंचाको बाटो हुँदै तेर्सै–तेर्सो आँखाबाट ओझेल भइन् यो विज्ञान मनोविज्ञानको युगमा अनेक तवरले सोच्दै लाहादङ्ना कहिले तमोर बनेर बगिन् कहिले फक्ताङलुङ बनेर हाँसिन् कहिले सिल्लरी फूल बनेर फुलिन्…
