६ जेठ २०८१ पाँचथर। फिदिम ३ र ६ नम्बर वडाको संगमस्थल दुतियामा आइतबारदेखि चण्डीपूर्णे मेला सुरु भएको छ ।
मेलाको अवसरमा पुरुष नकआउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । आइतबार सम्पन्न उद्घाटन खेलमा आयोजक डीएफसीलाई थाङसाङ क्लब फिदिम–२ ले २–० गोलले पराजीत गरेको छ । त्यस्तै दोश्रो खेलमा आयोजक बी लाई एलएम सुम्निमाले ५–१ को गोल अन्तरले पराजित गरेको छ ।
मेलाको उद्घाटन, समारोहका प्रमुख अतिथि, फिदिम नगरपालिका–६ का वडाध्यक्ष बिपन तुम्रोकले गरेका थिए ।
किरातीहरुको महान चाड उभौली पर्वको अवसरमा लाग्ने चण्डीपूर्णे मेला जेठ १० गतेसम्म लाग्ने आयोजक समितिले जनाएको छ ।संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन प्रवर्द्धन, युवाहरुलाई स्वास्थ्य र खेलाडीहरुमा भैचारा सम्बन्धको बिकास गर्ने उदेश्यकासाथ मेला लगाइएको आयोजक दुतिया बजार व्ययवस्थापन समितिका अध्यक्ष राम तुम्रोकले बताए ।
फुटबल प्रतियोगिताको विजेताले नगत ५१ हजार १११ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले नगद २५ हजार ५५५ रुपैंयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा हाइस्कोरर, बेस्ट किपिङ, बेस्ट डिफेन्स र म्यान अफ द सिरिजलाई पनि पुरस्कार व्ययवस्था गरिएको छ ।
फाइनल खेल जेठ १० हुनेछ । सो दिन किरातीहरुको संस्कृतिक झाँकि र नृत्य समेत प्रदर्शनी गरिने आयोजक समितिका अध्यक्ष राम तुम्रोकले बताए ।